खलँगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति डडेल्धुराको नयाँ नेतृत्व निर्बाचित

घण्टेश्वर अनलाईन
डडेल्धुरा
खलँगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति डडेल्धुराको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा जोगराज ऐर निर्बाचित हुनु भएको छ ।
निर्बाचन समितिले दिएको जानकारी अनुसार समितिको उपाध्यक्षमा सागर नगरकोटी, सचिबमा देबकी भट्ट(बोहरा) र कोषाध्यक्षमा ईन्द्रबहादुर ऐर निर्बाचित भएका छन ।
यसै गरि सदस्यहरुमा क्रमस : गणेश बिष्ट, भिमबहादुर महर, सुदिप जैरु, कमलादेबी शाहु र पद्मा भण्डारी रहनु भएको निर्बाचित हुनु भएको निर्बाचन समितिले जनाएको छ ।
कुल १ हजार ५६ उपभोक्ता मतदाता रहेकोमा ८ सय २१ मत खसेको थियो । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ ।

llc

 

फोटो साभार : रेडियो सुदूर आवाज

Leave A Reply

Your email address will not be published.