कबिराम डाँगी
बुडर डोटी
महिला अधिकार मन्च बुडरद्धारा जोरायल गाउँपालिकाको बुडरमा तीज प्रतियोगिताको आयोजना गरिएको छ । महिला अधिकार मन्चकी अध्यक्ष शान्ति चुनाराको अध्यक्षतामा सम्पन्न तीज प्रतियोगिताको प्रमुख अतिथी जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहरा र बिशिष्ट अतिथी वडा नंं २ का वडा अध्यक्ष वीरबहादुर दर्लामी रहनु भएको थियो । तीज प्रतियोगितामा बोल्दै जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहराले तीज को महत्वको वारेमा प्रकाश पार्दै तीजलाई रचनात्मक रुपमा मनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
बुडर बजारको खुल्ला मन्चमा आयोजना गरिएको तीज प्रतियोगितामा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


