डडेल्धुरा उद्योग वाणिज्य सँघको नयाँ नेतृत्वका लागि भदौ २५ गते निर्बाचन हुने
कार्य समितिको लागि २० पदका लागि २६ जनाको उम्मेदवारी
अमर साउँद
डडेल्धुरा
डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यही भदौ २५ गते निर्बाचन हुने भएको छ । नयाँ नेतृत्वको लागि जम्मा २० पदमा २६ जनाले प्रतिष्पर्धा गरिरहेको निर्बाचन समितिले जनाएको छ ।
डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भोजराज भट्ट र द्विजराज भट्ट, वरिष्ठ उपाध्यक्षमा दीपक महता र लालमणी पन्त, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी र महादेव भट्ट, महासचिवमा बिष्णुराज जोशी र दिनेशप्रसाद पनेरु, सचिव (महिला)मा मिना फुलारा र लक्ष्मी ऐरको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक युवराज जोशीले जानकारी दिनु भयो ।
यसैगरि उद्योग उपाध्यक्षमा बासुदेव जोशी, वाणिज्य सचिवमा दीपेन्द्र रुपाली, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी, कोषाध्यक्षमा दीपकबहादुर सिंह र दलित सदस्यमा शेरबहादुर सुनारको मात्रै उम्मेदवारी परेको छ ।
खुल्ला सदस्य पदमा सात पदका लोकराज पाण्डेय, धनबहादुर ठकुराठी, धर्मदेब पाण्डेय, गणेशसिंह साँकी, मोहनबहादुर देउवा, सिताराम पाण्डेय, सुनील घिमिरे, हरिप्रसाद उप्रेती, टेकराज ओझा (भुवन), महिला सदस्य पदमा कमलाकुमारी जैशी, गोमतीदेबी बोहरा तथा दलित सदस्य पदमा शेरबहादुर सुनार गरि नौं जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ ।
डडेल्धुरा उद्योग वाणिज्य संघका १ हजार ७ सय बढी सदस्य रहेकोमा साधारण सभा अघि एक हजार २ सय ८४ जना मात्र नविकरण गराएका थिए ।