जोरायलको घण्टेश्वरमा आयोजना गरिएको तीजमा वालविवाह तथा महिला हिँसा अन्त्यका कुरा

All time tax

कबिराम डाँगी
गैरा, घण्टेश्वर डोटी
डोटी घण्टेश्वर गाउँ पालिका वडा नं. १ गैरा स्थित घण्टेश्वर सामुदायिक सिकाई केन्द्रद्वारा आयोजना गरिएको जनचेतनामूलक तीज कार्यक्रम आज गैरामा सम्पन्न भएका छन ।
तीज गीतको माध्यमबाट वाल विवाह तथा महिला हिँसाको अन्त्य, निरक्षरता उन्मूलक सम्बन्धि सन्देश प्रवाह गर्ने उद्देश्य जनचेतनामूलक तीज कार्यक्रमको आयोजना गरिएको घण्टेश्वर सामुदायिक सिकाई केन्दका अध्यक्ष गमबहादुर खत्रीले बताउनु भयो ।
गौरी शँकर माबि गैराको प्राङगणमा आयोजना गरिएको तीज कार्यक्रममा घण्टेश्वर सामुदायिक सिकाई केन्द्रमा आबद्ध बिभिन्न ७ वटा समुहले सहभागिता जनाएका थिए । हरेक बर्ष तीजलाई जनचेतनामूलक बनाउदै आएको घण्टेश्वर सामुदायिक सिकाई केन्द्र गैराले यस बर्ष वाल विवाहको अन्त्य, महिला हिँसाको अन्त्य तथा निरक्षरता उन्मूलन विषय छनौट गरिएको थियो । तीज कार्यक्रममा सहभागि कलाकार समूहले समुदायमा वाल विवाह तथा महिला हिँसाको अवस्था सरोकारवालाले खेल्नु पर्ने भूमिकाको वारेमा गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
रेकर्डिङ गरिएका गितले तीजको मौलिकता हराउदै गएकोले तीजले रमाईलोका साथै सकारात्मक सन्देश पनि दिनु पर्छ भन्ने उद्देश्यले आफैले रचना गरेको गितमा तीज बनाउने प्रयास थालिएको अध्यक्ष खत्रीले बताउनु भयो ।
घण्टेश्वर सामुदायिक सिकाई केन्द्र गैराका अध्यक्ष गमबहादुर खत्रीको अध्यक्षता तथा कलाकार अम्बिका राईको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा वोल्दै नेकपा(एमाले) पोलिटव्युरो सदस्य गौरी ओलीले तीज हिन्दु नारीहरुको मौलिक पर्ब भएकाले पछिल्लो समयमा तीजमा देखिएका छाडापनको अन्त्य गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
तीज पर्बमा कलाकारहरुद्धारा रेकर्डिङ गरिएको गित गाउदा तीजको मौलिकता हराउदै गएको बताउदै एमाले नेतृ ओलीले तीजमा आफैले रचना गरेको सुख दु:खका गित, समुदायमा चेतना फैलाउने गित गाउन आग्रह गर्नु भयो ।
यसै गरि बिशिष्ट अतिथी जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहराले गाउँपालिकाले कला सँस्कृतिको सम्बद्र्धनको लागि प्राथमिकता दिएको बताउनु भयो ।
पछिल्लो समयमा तीज पर्बमा देखिएको बिकृतिलाई रोक्नको लागि गाउँ पालिकाले मौलिकतामा आधारित भएर आयोजना गरिने चेतनामूलक तीज कार्यक्रमलाई सहयोग गर्दै आएको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष जगतबहादुर मल्ल, वडा नंं २ का वडा अध्यक्ष बिरबहादुर दर्लामी, डडेल्धुरा आलिताल गाउँपालिका वडा नंं १ का वडा अध्यक्ष योगेन्द्र देउवा, नेकपा(एमाले) जोरायल गाउँपालिकाका अध्यक्ष तीर्थ भण्डारी, पत्रकार शिबबहादुर ओली लगायतका बक्ताहरुले तीज पर्बको महत्वको वारेमा प्रकाश पार्दै तीजले सामुदायलाई सकारात्मक सन्देश दिनु पर्ने कुरामा जोड दिनु भयो । सन्देशमूलक तीज कार्यक्रमको लागि जोरायल गाउँ पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको सामुदायिक सिकाई केन्द्र गैराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.