जुवातास खेलिरहेको अवस्थामा बुडरबाट १२ जना पक्राउ

घण्टेश्वर अनलाईन
बुडर डोटी
मिल चौराह स्थित एक होटलमा जुवा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन ।
जोरायल गाउँ पालिका वडा नंं २ अन्तरगत पर्ने बुडर मिल चौराह स्थित एक होटलमा जुवा तास खेलिरहेको सुराकीको आधारमा बिहिबार राती प्रहरीले छापा मारेको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–६ बस्ने २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना रहेका छन । ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले नगद १ लाख २२ हजार २५ रूपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.