घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लाको सायलमा करेन्ट लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सायल गाउँपालिका वडा नंं ४ डौडका ६४ बर्षिय कासि ढोली रहेका छन ।
शुक्रबार बेलुकी घर नजिकै बाँस काटिरहेको अवस्थामा एक्कासी बाँस बिद्युत लाईनमा खस्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिनु भयो ।