गौरा पर्बमा डेउडामय बन्यो, जोरायलको सेलागाउँ

कबिराम डाँगी
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ३ सेलागाउँमा यतिबेला गौरा मेला लागेको छ । सेलागाउँको गौरा मेलामा सहभागि हुन डोटी जिल्लाका बिभिन्न ठाउँका अतिरिक्त कैलालीका बिभिन्न ठाउँमा बसोवास गर्ने जोरायलेहरु पनि जोरायल फर्किरहेका छन ।
बिगत केही बर्ष कारोनाका कारण गौरा पर्ब सामान्य पूजाआजामा गरि समापन गरिन्थ्यो । तर अहिले कोरोनाको प्रभाव सामान्य बन्दै गएपछि ब्यवस्थित रुपमा गौरा मेला आयोजना गरिएको जोरायल चनकट्टेका युवा डिल्लीराज जोशीले बताउनु भयो ।
जोशीका अनुसार गौरा मेलालाई थप आकर्षक र रमाईलो बनाउनका लागि बिभिन्न स्थानीय तथा सुदूरपश्चिममा नाम चलेका चर्चित कलाकारहरुलाई पनि निमन्त्रणा गरिएको छ । आज सुदूरपश्चिमका चर्चित कलाकार भुवन दहाल र कल्पना खड्काले गौरा मेलाका प्रस्तुती गरेका थिए । गौरापर्बमा जोरायलको सेलागाउँ डेउडामय बनेको छ ।
सेलागाउँ स्थित हरेन्द्रराज अवस्थीको घरको आगनमा गौरा पूजा तथा गौरा खेल आयोजना हुँदै आएको छ । गौरा तथा डेउडा खेलप्रेमीहरुको सँख्या बढ्न थालेपछि पुरुष र महिलाको छुट्टा छुट्टै गौरा तथा डेउडा खेल भईरहेका छन । गौरा पूजा तथा गौरा खेल्न आउने मानिसहरुको तुलनामा आगन साँघुरो भएकाले साँस्कृतिक कार्यक्रम तथा गौरा खेल सार्बजनिक स्थान खुल्ला स्थानमा आयोजना गरिनु पर्ने समेत माग भईरहेको छ ।
स्थानीय कला सँस्कृति परम्पराको सँरक्षण सम्बद्र्धन गर्ने दायित्व स्थानीय तहको हो । गौरा पर्बलाई व्यवस्थित गर्ने काममा जोरायल गाउँपालिकाले सहयोग गर्नु पर्ने चनकट्टेका व्यापारी घनश्याम ओली बताउछन ।
यसै गरि बुडर, जोरायलको गोल्ला, निरौलीको गुनड, गड्सेराका बिभिन्न समुदायमा समेत हर्षोल्लासका साथ गौरा पर्ब भईरहेका छन ।

 

Leave A Reply

Your email address will not be published.