घण्टेश्वर अनलाईन
सिलगढी
बिद्यालयमा थरिथरिका शिक्षकका प्रकार रहने व्यवस्था खारेजी गर्नु पर्ने नेपाल राष्ट्रिय शिक्षक सँगठन डोटीले माग गरेको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन डोटीले आज शिक्षा विकास तथा समन्वय इकाई डोटीलाई एक ज्ञापन पत्र बुझाउदै स्थानीय तहमा शिक्षक दरबन्दी तथा विद्यालय समायोजनका समस्या तुरुन्त समाधान गर्नुपर्ने, विद्यालयगत समस्या पहिचान गरी गुणस्तर वृद्धिका दीर्घकालीन र तत्कालीन समाधानका उपाय अवलम्बन गर्नुपर्ने, शिक्षकको विद्यमान मूल्याङ्कन पद्धति परिमार्जन गरी तहगत तथा आवधिक बढुवा लागू हुनुपर्ने लगायतका ११ बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ ।
देशब्यापी कार्यक्रम अनुसार शिक्षा बिकास तथा समन्वय ईकाइ डोटी मार्फत सरकारलाई ११ बुँदै ज्ञापन पत्र बुझाईएको सँगठनका जिल्ला अध्यक्ष पदमराज उपाध्यायले जानकारी दिनु भयो ।