अत्तरिया डडेल्धुरा सडक खण्डमा फेरी शुरु भयो ‘टाइम कार्ड’

कबिराम डाँगी
गैरा डोटी
सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरबाट डडेल्धुरासम्मको सडक खण्डमा फेरी टाईम कार्ड लागु गरिएको छ ।
चाडपर्बको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना कम गर्नको लागि टाईम कार्ड लागु गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उक्त टाईम कार्र्ड डडेल्धुरादेखि तराइका दुई जिल्ला कैलाली र कञ्चनपुर जाँदा र कैलाली र कञ्चनपुरबाट डडेल्धुरा आउने सवारी साधनका लागि हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रविन धितालले जानकारी दिनु भयो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डडेल्धुरादेखि अत्तरियासम्म ४ घण्टा १५ मिनेट र डडेल्धुरादेखि महेन्द्रनगरसम्म सवारी चलाउदा ५ घण्टा १५ मिनेट समय निर्धारण गरिएको छ ।
यसै गरि ‘सवारीसाधन चलाउदा डडेल्धुरादेखि बुडरसम्मको ५४ किलोमिटर दूरी पार गर्दा कम्तिमा पनि २ घण्टा लगाउनुपर्ने छ,’ भने ‘बुडरदेखि अत्तरियासम्मको ६३ किलोमिटर दुरी पार गर्दा २ घण्टा १५ मिनेट र अत्तरियादेखि महेन्द्रनगरसम्मको ४३ किलोमिटर दूरीका लागि एक घण्टा समय निर्धारण गरिएको छ । टाईम कार्ड बस, जीप लगायत यात्रुवाहक सवारी साधनमा टाइम कार्ड लागु हुने प्रहरी उपरिक्षक धितालले बताउनु भयो ।
निर्धारित समयभन्दा अगाडि पुगेका सवारी साधनमाथि ट्राफिक नियम अनुसार कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि अत्तरिया धनगढी भीमदत्त राजमार्गमा टाइम कार्ड लागु गरिएको भएपनि प्रभावकारी कार्यान्वयन नहुँदा बिचैमा बन्द गरिएको थियो । चाडवाडको समयमा चालकहरु बिच अस्वस्थ प्रतिष्पर्धा हुने, क्षमता बन्दा बढी यात्रु बोकेर हिड्ने प्रबृत्तिलाई टाईम कार्डले केही हदसम्म रोक्ने र पर्वमा हुने दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने यात्रुहरु बताउँछन ।

Leave A Reply

Your email address will not be published.