जोरायलमा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

घण्टेश्वर अनलाईन
गैरा, डोटी
साक्षरता सिकाई क्षेत्रमा हस्तान्तरण भन्ने नाराका साथ यस बर्षको ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस जोरायल गाउँपालिकाको बिभिन्न बिद्यालयमा बिभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि आज मनाईएको छ ।
घण्टेश्वर अनलाईनलाई प्राप्त जानकारी अनुसार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जोरायल गाउँपालिका वडा न १ स्थित गौरीशँकर माबि गैराले आज बिविध साँस्कृतिक कार्यक्रम तथा प्रबचन कार्यक्रमको आयोजना गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक धर्मानन्द जोशीको अध्यक्षता तथा शिक्षक अम्बिका राईको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बिद्यार्थीहरुद्धारा साक्षरतासँग सम्बन्धित बिबिध साँस्कृतिक कार्यक्रम तथा शिक्षकहरुद्धारा पनि साक्षरता सिकाई क्षेत्रमा हस्तान्तरण भन्ने विषयमा बिभिन्न गित तथा गजल प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी वडा नंं १ का वडा अध्यक्ष जगतबहादुर मल्लले साक्षरता दिवसको महत्वको वारेमा प्रकाश पार्दै वडा नंं १ लाई दिगो रुपमा साक्षर बनाई राख्न सामुदायिक सिकाई केन्द्र लगायत सबैको भूमिका हुनु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभानसिंह ओलीले साक्षरतालाई सिकाई क्षेत्रमा हस्तान्तरण गर्न सके मात्र साक्षरताले सार्थकता पाउने बिचार व्यक्त गर्नु भयो । उक्त अवसरमा बिभिन्न प्रस्तुतीमा सहभागि हुने छात्रछात्रालाई पुरुस्कार बितरण गरिएको थियो ।
यसैगरि रामपुर माबि बुडरले पनि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ । बुडर स्थित कुमारी बैंकको सहयोगमा आयोजना गरिएको उक्त हाजिरीजवाफ प्रतियोगिताका बिजेता टीमलाई पुरुस्कार  बितरण गरिएको थियो ।
शिक्षक मदन भण्डारीको सन्चालन तथा प्रधानाध्यापक पदमराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंं २ का वडा अध्यक्ष बिरबहादुर दर्लामी, कुमारी बैंक बुडरका प्रबन्धक लगायतको उपस्थिती रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.