सेनाको हेलिकोप्टरबाट डोटीकी सुत्केरी महिलाको उद्दार

घण्टेश्वर अनलाईन
सिलगढी
नेपाली सेनाले डोटीकी एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्दार गरि ज्यान जोगाएको छ ।
सुत्करी हुन जिल्ला अस्पताल डोटीमा भर्ना भएकी डोटी सायल गाउँपालिका वडा नं. ६ कि २५ बर्षिय धौलीदेबी साउँदको शल्यक्रिया पश्चात उच्च रक्तश्राब भएपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।
रक्तश्राब भएपछि धौलीदेबीलाई उपचारको लागि जिल्ला अस्पताल डोटी पुर्याईएको थियो । भिडियो एक्सरे गरि हेर्दा गर्भमा रहेको शिशु मृत अवस्थामा पाईएपछि शल्यक्रिया गरि निकालिएको जिल्ला अस्पताल डोटीले जनाएको छ थियो । शल्यक्रिया पश्चात पनि रक्तश्राब नरोकिएपछि ८ पिन्ट रगत दिई थप जोखिम हुन नदिन नेपाली सेनाको सहयोगमा कर्णाली प्रादेशीक अस्पताल सुर्खेत रेफर गरिएको जिल्ला अस्पताल डोटीका मेसु निराजन श्रेष्ठले बताउनु भयो ।
धौलीदेबीको स्वास्थ्य अवस्थाको जानकारी भएपछि डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा नेपाली सेनाको एन ए ०६१ कल साईन हेलिकप्टरद्वारा उद्दार गरिएको  थियो।

Leave A Reply

Your email address will not be published.