Prem

डेङ्गुका कारण सुदूरपश्चिममा दुई बालिकाको मृत्यु

घण्टेश्वर अनलाईन
दिपायल
डेङ्गुका कारण सुदूरपश्चिममा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिका रहेकिछन् । उनको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी ५ वर्षीया बालिका उषा धामी रहेकिछन् । भदौ २० गते जिल्ला अस्पताल दार्चुला भर्ना गरिएकी ती बालिकामा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखाएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । डेङ्‍गु र स्क्रब टाइफस समेत देखिएकी ती बालिकालाई अभिभावकले घर लगेका थिए ।
घर लगिएकी बालिकालाई स्थानीय स्वास्थ्यचौकिमा उपचार गर्दा बिहीबार बिहान ती बालिकाको मृत्यु भएको संयोजक ओझाले बताए । दार्चुलामा डेङ्गुका रोगीको संख्या उच्च रहेको छ ।
दार्चुलामा बिहीबार सम्म ३९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । डेङ्गुकै कारण भदौ १४ गते धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.