जोरायलको घोरडी मणिपुर सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

कबिराम डाँगी
घोरडी, डोटी
जोरायल गाउँ पालिका वडा नं. १ अन्तरगत पर्ने घोरडी मणिपुर सडकखण्डमा आज मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घट्नास्थलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जोरायल गाउँ पालिका वडा नं. १ मणिपुर निवासी ३४ बर्षिय भुपेन्द्र मल्ल रहेको प्रहरीले जनाएको छ । मणिपुरमा पसल व्यवसाय गर्दै आएका मल्ल मोटरसाईकलमा पसलको लागि सामान लिएर घर फर्किरहेको अवस्थामा बडाखेत खड्की भन्ने स्थानमा मोटरसाईकल दुर्घटना भएको थियो ।

घोरडी मणिपुर सडक खण्ड कच्ची सडक रहेको र मोटरसाईकल चिप्लिएर शरीर माथी परेका कारण मृत्यु भएको हुन सक्ने आशँका गरिएको प्रहरी चौकी घण्टेश्वरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.