पद्म पब्लिक माबिको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

शिक्षण प्रकृयालाई प्रबिधिमैत्री बनाउनु पर्ने कुरामा जोड

घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लाको सदरमुकाम सिलगढी स्थित पद्म पब्लिक मुक्तिनारायण माद्यमिक बिद्यालयले शैक्षिक तथा भौतिक गुणस्तर सुधार गर्दै लगेको सरोकारवालाहरुले बताएका छन ।
शुक्रबार बिद्यालयद्धारा आयोजना गरिएको वार्षिक सामाजिक परीक्षण कार्यक्रममा सहभागिहरुले बिद्यालयले शैक्षिक तथा भौतिक गुणस्तर सुधार गरि जिल्लाकै नमूना बिद्यालय बन्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।
बिद्यालयले माद्यमिक तहमा अँग्रेजी माध्यमबाट शुरु गरेको पठन पाठन प्रभावकारी रहेकोले तल्लो तह देखि आधार तयार गर्दै अँग्रेजी माध्यमलाई सबै तहमा अनिबार्य बनाउदै जानु पर्ने कुरामा सहभागिहरुको जोड थियो ।
पद्म पब्लिक मुक्तिनारायण माबि नमूना बिद्यालयको रुपमा छनौट भएकोले नमूना बिद्यालयको मापदण्ड अनुसार गुणस्तरीय रुपमा आबश्यक पूर्बाधार, सँरचना निर्माण, शिक्षण प्रकृयालाई प्रबिधि मैत्री बनाउनु पर्ने र बिद्यालयको शैक्षिक वातावरण सुधारमा अभिभावक तथा सरोकारवालाको भूमिका बढाउनु पर्ने लगायतका सुझाव सामाजिक परीक्षण कार्यक्रमका सहभागिहरुले दिएका थिए ।
शिक्षक अभिभावक सँघका अध्यक्ष तथा सामाजिक परीक्षण समितिका सँयोजक भरतबहादुर कठायतको अध्यक्षता तथा शिक्षक हिक्मतबहादुर शाहीको सँचालनमा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनाराले बिद्यालयको अवस्था सुधारमा अभिभावकको पनि भूमिका निर्बाह गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
उप प्रमुख चुनाराले आफ्ना वालवालिकाहरुलाई घरमापनि पढ्ने वातावरण तयार गर्नु अभिभावकको दायित्व भएकाले अभिभावकले आफ्ना वालवालिकाको निगरानी राख्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसै गरि दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख कल्पना साउँदले बिद्यार्थीहरुलाई पाठ्य पुस्तकका अतिरिक्त वाह्य ज्ञान दिन आबश्यक रहेको कुरा बताउनु भयो । बालबालिकालाई भोलीको जिम्मेवार नागरिक बनाउनका लागि पाठ्यपुस्तकका अतिरिक्त सामाजिक, आर्थिक, राजनैतिक तथा समसामयिक बिषयमा जानकारी दिने वातावरण बिद्यालयले तयार गर्नु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक केशव ओझाले बिद्यालयको शैक्षिक, भौतिक अवस्थाको प्रतिबेदन, लेखापाल गणेश श्रेष्ठले बिद्यालयको आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।
कार्यक्रममा सहभागिहरुले उठाएका बिभिन्न सवालको वारेमा प्रधानाध्यापक केशव ओझा, लेखापाल गणेश श्रेष्ठ, पल्स टु सँयोजक उपेन्द्र भट्ट, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशीले जवाफ दिनु भएको थियो । सामाजिक परीक्षण कार्यक्रमको सहजिकरण पत्रकार रोजेन्द्र जोशीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.