बुडर बजार ब्यवस्थापन समितिको अध्यक्षमा पुन : प्रेम रावल

कबिराम डाँगी
बुडर डोटी
जोरायल गाउँ पालिका वडा नंं २ स्थित बुडर बजार व्यवस्थापन समितिको अध्यक्षमा पुन : प्रेम रावल चयन भएका छन ।
मँगलबार बुडरमा आयोजना गरिएको ब्यापारी, व्यवसायी तथा समाजसेवीहरुको भेलाले बजार व्यवस्थापन समितिको नयाँ समिति चयन गरेको हो ।
नयाँ समितिको सर्वसहमत चयन भएका अन्य पदाधिकारीहरुमा क्रमस उपाध्यक्ष नरेन्द्र बिष्ट, महासचिब मिन ब.मल्ल, सचिब केशबहादुर चुनारा र कोषाध्यक्ष शोभा कुमारी ओझा रहेका छन ।
यसै गरि सदस्यहरुमा क्रमस भवानी सिं माली, प्रकाश सुब्बा, राम ब.बिक, पार्वती भण्डारी तथा वडा कार्यालय प्रतिनिधी दिपक ब.सावँद र ईलाका प्रहरी कार्यालय बुडरका प्रमुख सदस्य रहेका छन ।
त्यस्तै उक्त भेलाबाट बुडरका सुनचाँदी व्यवसायी जगतराज सोब सिजापतीको सँयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ ।
सल्लाहकार समितिको अन्य सदस्यहरुमा क्रमस : भक्तबहादुर लामा, शंकर रावल, भुवन नागरी, मुकुन्दप्रसाद पन्त रहेको समितिले जनाएको छ । कार्यक्रममा जोरायल गाउँ पालिका वडा नंं २ का वडा अध्यक्ष बिरबहादुर दर्लामी, स्थानीय प्रहरी प्रशासन, स्थानीय समाजसेवीहरु, लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.