बडालको बुन्ढुनी मेलामा खुल्ला डेउडा प्रतियोगिता हुने

अमर साउँद
डडेल्धुरा
डडेल्धुराको बडालमा आउदो असोज १ गते हुने बुन्ढुनी मेलामा खुल्ला डेउडा प्रतियोगिता आयोजना हुने भएको छ ।
हरेक बर्ष असोज १ गते मनाईने सुदूरपश्चिमको प्रसिद्ध बुन्ढुनी पर्बको अवसरमा गन्यापधुरा गाउँपालिका –२ बडालमा खुला देउडा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
परम्परा देखि मनाईदै आएको बुन्ढुनी पर्बलाई भब्य रुपमा मनाउन र स्थानीय सँस्कृतिको जगर्ने उर्ने उद्देश्यले खुल्ला डेउडा प्रतियोगिता आयोजना गर्न लागिएको बन्ढुनी पर्व व्यवस्थापन समिति बडालले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. दश हजार र प्रमाणपत्र, द्धितिय हुने टिमलाई रु. आठ हजार र प्रमाण पत्र, तृतीय हुने टिमलाई रु. पाँच हजार र प्रमाण पत्र प्रदान गरिने छ ।
यसैगरि प्रतियोगितामा चतुर्थ हुने टिमलाई रु. एक हजार पाँच सय र प्रमाण पत्र र सान्त्वना हुने टिमलाई रु. एक हजार प्रमाण पत्र प्रदान गरिने छ ।

Leave A Reply

Your email address will not be published.