राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डोटीबाट ४९ सामुदायिक बिद्यालय छनौट

घण्टेश्वर अनलाईन
सिलगढी
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आ.ब.मा डोटीबाट ४९ वटा सामुदायिक बिद्यालयहरु छनौटमा परेका छन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।
कार्यक्रमको वेवसाईटमा दिएको विवरण अनुसार डोटीका दिपायल सिलगढी नगरपालिकाबाट ४ बिद्यालय, शिखर नगरपालिकाबाट ७ बिद्यालय, आदर्श गाउँपालिकाबाट ४ बिद्यालय, केआईसिंह गाउँपालिकाबाट ७ बिद्यालय, जोरायल गाउँ पालिकाबाट ५ बिद्यालय, पूर्बिचौकी गाउँ पालिकाबाट ५ बिद्यालय, बडिकेदार गाउँ पालिकाबाट ६ बिद्यालय, बोगटान गाउँ पालिकाबाट ५ बिद्यालय र सायल गाउँ पालिकाबाट ६ बिद्यालय कार्यक्रमको लागि छनौट गरिएको छ ।
छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।
छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण,खानेपानीसहितको शौचालय,कम्प्युटर ल्याब,पुस्तकालय तथा विज्ञान प्रयोगशाला,सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।कार्यक्रमका लागि देश भरीका ३ हजार ४७५ विद्यालय विद्यालय छनोटमा परेका छन् ।

llc

डोटी जिल्लामा छनौटमा परेका बिद्यालयहरु

दिपायल सिलगढी नगरपालिका
१. मगलेक माबि तिखा
२. कुमालीकोट माबि कुमालीकोट
३. दिल्पेश्वर माबि दिपायल
४.दुर्गा आबि खैरतोला
शिखर नगरपालिका
१. सिद्धेश्वर माबि बानिडुग्रीसैन
२.राधाकृष्ण माबि गोपघाट
३.भुवनेश्वरी आबि तल्लीसात्
४.भगवती आबि मल्लीसात
५.सरस्वती माबि चुँडी
६.शारदा माबि मुडभारा
७.पशुपति आबि मरकट्टे
आदर्श गाउँपालिका
१. कपिलास आबि सवखोला गिरिचौका
२.गिरिचौका माबि गिरिचौका
३.प्रभाप माबि देहिमाण्डौं
४.भैरव माबि बाझककानी
केआई सिंह गाउँपालिका
१. ईन्द्र माबि लेकगडा
२. महुन्यालमाण्डौं माबि लोली
३. सिताराम आबि दल्ल बासुदेबी
४. भुवनेश्वरी माबि जमलकट्टे रानागाउँ
५.कालिका आबि भाटिगाउँ
६.रामेधर आबि गणेशकाँडा
७. छत्रेश्वर माबि वडा नं. ६
जोरायल गाउँ पालिका
१. गौरी शँकर माबि गैरा
२. शिबपुर माबि चनकट्टे
३. कफलकट्टेश्वर आबि छतिवन
४. नवोदय माबि गडसेरा
५. जनप्रिय आबि चोकी गडसेरा
पूर्बिचौकी गाउँपालिका
१. शिशुसुधार माबि गाजरी
२.परोपकार आबि गैरागाउँ
३.भगवती आबि सानागाउँ
४.काडामाण्डौं माबि काडामाण्डौं
५. नेत्रेश्वरी माबि बगलेक
बडिकेदार गाउँपालिका
१. चौडेल आबि चायाकोट
२.मोन्यालेश्वर आबि अलाडी
३. मेलघट्टी आबि अत्तरकाँडा
४। बर्छैन माबि बर्छैन
५. बिष्णु माबि मुलेचौर
६. जनता माबि सडेखान
बोगटान फुड्सिल गाउँपालिका
१. भवानी आबि पलाडी
२.सिमचौर माबि सिमचौर
३.महुन्याल आबि डमरी
४.जोराघाट माबि जोराघाट
५.नवदुर्गा आबि उमडी
सायल गाउँ पालिका
१.जनता जनार्दन माबि डौड
२.छपाली माबि छपाली
३.भवानीस्थान माबि सैनगाउँ
४.गोलेधारी आबि वडा नं. ४ पातल
५. हिमालय माबि दल्लेक
६. केदारेश्वर आबि साप्रा

Leave A Reply

Your email address will not be published.