डोटी बहुमुखी क्याम्पसमा ५ करोड बढी लगानीमा मानबिकी भवन निर्माण हुने

मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा शुक्रबार भवनको शिलन्यास

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको पुरानो डोटी बहुमुखी क्याम्पस सिलगढीमा नयाँ मानविकी भवन निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ५ करोड ७४ लाख ७२ हजार ४ सय २९ रुपैयाँको लागतमा ४ तले भवन निर्माण हुन लागेको डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले जानकारी दिनु भयो ।
डोटी बहुमुखी क्याम्पसको निर्माण हुन लागेको नयाँ भवनको सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले आज सिलगढीमा आयोजित एक समारोहका बिच शुक्रबार शिलन्यास गर्नु भयो ।
भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले शिक्षाको गुणस्तर सुधार गर्नु नै अहिलको चुनौती भएको बताउनु भयो । शिक्षाको बिकासको लागि भौतिक पूर्बाधार निर्माण पहिलो शर्त भएको बताउदै मुख्यमन्त्री भट्टले डोटीको पुरानो क्याम्पस डोटी बहुमुखी क्याम्पसको बिकासको लागि बिगतका सरकार, राजनीतिकर्मीको प्राथमितामा नपरेको अरोप लगाउनु भयो ।
उक्त अवसरमा डोटी बहुमुखी क्याम्पसको लागि आबश्यक भौतिक सँरचना निर्माणको लागि सुदूरपश्चिम प्रदेश सरकारले आबश्यक बजेटको व्यवस्था गरेको बताउदै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले क्याम्पसको शैक्षिक भौतिक अवस्थाको जानकारी दिदै भौतिक पूर्बाधार निर्माणमा प्रदेश सरकारले गरेको सहयोग प्रति धन्यवाद दिनु भयो ।
पछिल्लो समय डोटी क्याम्पस प्रति बिद्यार्थीको आकर्षण बढ्दै गएको बताउदै क्याम्पस प्रमुख जोशीले क्याम्पसको छात्रावास निर्माणको लागि आबश्यक बजेटको व्यवस्था गरिदिन प्रदेश सरकारलाई आग्रह गर्नु भयो ।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंह, उपप्रमुख स्मृति चुनारा, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का, उपप्रमुख कल्पना साउँद, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला, सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.