घण्टेश्वर अनलाईन
सिलगढी
दलित महिला सँघ (फेडो) डोटीले समूहमा आबद्ध दलित महिला उद्यमीहरुलाई ब्यवसायिक उद्यम बिकास तालिम दिएको छ । दलित महिलाहरुलाई व्यवसायिक समूहमा आधारित उद्यम बिकास सम्बन्धि जानकारी दिई उद्यमी बनाउन प्रोत्साहित गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको जिल्ला परियोजना सँयोजक योगेश मल्लले जानकारी दिनु भयो ।
भदौ महिनाको २९ देखि असोज ४ गतेसम्म सन्चालित उक्त तालिममा ब्यवसाय छनौट, व्यवसयिक योजना निर्माण, सान्दर्भिक व्यवसायिक उद्यम विकास फार्म तथा अफ फार्म लगाएतका विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिममा दिपायल सिलगढी नगरपालिकाका ५ वटा महिला सन्जाल र १० वटा उद्यमशिल महिला समूहबाट गरि २५ जना उद्यमशिल महिलाको सहभागिता रहेको थियो ।
ब्रेड फर दि वल्र्डसँगको साझेदारीमा दलित महिला संघ (फेडो) डोटीले दिपायल सिलगढी नगरपालिकामा दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढिकरण परियोजना सन्चालन गरिरहेको छ ।
