घण्टेश्वर अनलाईन, जोरायल
जोरायलमा लागु औषध दुर्ब्यसनी तथा जातीय भेदभावका बिरुद्धमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय युवाहरु मार्फत समुदायमा लागु औषध दुर्व्यसनी, जातीयताका आधारमा गरिने भेदभावका बिरुद्धमा सचेतना फैलाउने उद्देश्ले ऊक्त कार्यत्रमको आयोजना गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय जोरायलले स्थानीय युवाहरुसँगको सहकार्यमा ऊक्त कार्यत्रमको आयोजना गरेको हो ।
जोरायल गाउँपालिकाको केन्द्र रहेको वडा नं. ३ का बिभिन्न स्थानमा बिभिन्न सचेतनामूलक नारा लेखिएको प्ले कार्ड सहित र्याली निकालिएको थियो ।
ऊक्त कार्यत्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा लगायत बिभिन्न जनप्रतिनीधिहरु, युनिक युथस्पोर्ट क्लब तथा रोयल जोरायल क्लबका युवाहरु, प्रहरीहरुको सहभागिता रहेको रोयल जोरायल क्लबका ललित रावलले घण्टेश्वर अनलाईनलाई जानकारी दिनु भयो ।