डोटीको सिलगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको सिलगढीमा पहिलो पटक सुदूरपश्चिम प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली सेनाको भैरब प्रसाद गण, दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को कार्यालय र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ नाम दिइएको उक्त प्रदेशस्तरीय फुटवल प्रतियोगिता असोज ८ देखि १० गते सम्म सन्चालन गरिने आयोजकले बुधबार सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन ।
आयोजकका अनुसार सिलगढी स्थित टुडिखेलमा सन्चालन हुने उक्त प्रतियोगितामा ८ वटा टिम सहभागि हुने तय भएको छ । प्रतियोगितामा डोटी, कैलाली, बाजुरा, अछाम, डडेल्धुरा र बैतडी जिल्लाका टिमका साथै नेपाली सेनाको भैरब प्रसाद गण र डोटी उद्योग बाणिज्य संघको टिम सहभागी हुने छ ।
‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ को प्रथम पुरस्कार राशी एक लाख रहेको छ । यसै गरि द्वितीय पुरस्कार पचास हजार रहेको छ । प्रतियोगितामा बिजेता टिमलाई ट्रफि प्रमाण पत्र सहित पुरस्कार वितरण गरिने छ । प्रत्येक खेलमा म्यानअफद म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद, ट्रफि र प्रमाणपत्र सहित पुरस्कृत गरिने भैरब प्रशाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिनु भयो ।
उक्त प्रतियोगितामा जिल्ला बाहिरबाट आउने खेलाडीहरुलाई आवास तथा यातायातको व्यवस्था आयोजकको तर्फबाट गरिएको छ । साथै प्रतियोगिता अबधिभर स्वास्थ्य शिबिर पनि सन्चालन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनु भयो ।
डोटी जिल्लामा आयोजना हुन लागेको उक्त प्रतियोगिताले डोटेली युवाहरुलाई खेलकुद प्रति थप आकर्षित गराउने र खेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश मलासीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.