घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिका डोटीद्वारा आयोजना गरिएको प्रथम पालिका स्तरीय जनप्रतिनिधी तथा कर्मचारी सद्भावना पुरूष फुटबल प्रतियोगिता २०७९ आजबाट सिलगढीमा शुरू भएको छ ।
डोटीमा खेल क्षेत्रको बिकास गर्ने, खेलकुदको माध्यमबाट स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी तथा अन्य निकायका बिचमा सुमधुर सम्बन्ध बिकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र आदर्श गाउँपालिकाका साथै डोटी बहुमुखी क्याम्पस, डोटी उद्योग बाणिज्य संघ, बैंकर्स तथा स्वास्थ्यकर्मीहरू गरि ९ टिमको सहभागिता रहेको छ ।
असोज ७ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंह एक समारोहका बिच आज टुडिखेल खुल्ला मन्चमा उद्घाटन गर्नु भएको थियो ।