कालिका आधारभूत बिद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व

घण्टेश्वर अनलाईन
दिपायल
दिपायल सिलगढी नगरपालिका वडा नं. २ स्थित कालिका आधारभूत बिद्यालयको व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरिएको छ ।
वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र खड्काको उपस्थितीमा बुधवार आयोजना गरिएको अभिभावकहरुको भेलावाट ९ सदस्यीय बिद्यालय ब्यवस्थापन समिति चयन गरिएको बिद्यालयले जनाएको छ ।
बिद्यालयका अनुसार आमभेलाबाट चयन गरिएको नयाँ समितिको अध्यक्षमा तुलाराम भूल तथा सदस्यहरुमा क्रमस कैलाश बोगटी, निर्मला बोगटी, हेमा बोगटी, टिक खड्का, राजु भुल, राजेन्द्र खड्का ( पदेन सदस्य), एक जना शिक्षक प्रतिनिधि प्रधानाध्यापक लक्षमण ब खड्का सदस्य सचिव रहेका छन ।
नयाँ निर्बाचित पदाधिकारीहरुलाई वडा अध्यक्ष राजेन्द्र खड्काले टिका लगाएर बधाई तथा स्वागत गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.