जोरायलको घण्टेश्वर माबिमा शुभकामना आदान प्रदान कार्यक्रम

घण्टेश्वर अनलाईन
जोरायल
विजया दशमी तथा शुभ दिपावलीको अबसर पारी घण्टेश्वर माबि कुडिकोटले शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त अवसरमा बिद्यालयको विविध विषयमा शिक्षक तथा अभिभावकका बिचमा अन्तरकृया समेत गरिएको थियो । कार्यक्रममा प्रथम त्रैमासिक परीक्षाको परिणाम समेत सार्बजनिक गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा छात्रछात्राहरुले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुनलाल थापा, सहायक प्रधानाध्यापक लालबहादुर कुँवर सहित बिभिन्न महानुभावहरुले बोल्नु भएको थियो । कार्यक्रममा शिक्षक, बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.