मुडेगाउँका किशोरीहरुद्वारा वाल विवाह नगर्ने प्रतिबद्धता

All time tax

घण्टेश्वर अनलाईन
मुडेगाउँ
डोटी शिखर नगरपालिका वडा नंं २ स्थित मुडेगाउँका किशोरीहरुले बाल बिबाह नगर्ने भएका छन । शुक्रबार महाकाली माबि मुडेगाउँमा आयोजना गरिएको बाल बिबाह सम्बन्धि जानकारी कार्यक्रममा बालबालिका, किशोरीहरु तथा सरोकारवालाहरुले वाल विवाह आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नलिने प्रतिबद्धता व्यक्त गरेका छन ।
सम बिकास केन्द्र डोटीको सहयोगमा परिवर्तनशील किशोरी समुह र महाकाली मा वि मुडेगाउँले बाल बिबाह सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा बाल बिबाह, बाल बिबाह सम्बन्धि बनेका कानूनहरु, बालबिबाहले पारेको प्रभावको वारेमा जानकारी दिईएको थियो ।
कार्यक्रम पश्चात सहभागिहरुले म बालविवाह गर्दिन, अरूलाई गर्न दिँदैन भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.