
घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
आज सेप्टेम्बर २८, अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस । यस बर्षको अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवसको सन्देश ज्ञानले हाम्रो सोचाइ, तर्क र आफूलाई अभिव्यक्त गर्ने तरिकामा प्रभाव पार्छ । प्रायजसो, हामी तथ्य र आफूले जानेका कुराहरूको आधारमा निणर्य गर्छौ भन्ने रहेको छ । अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवसलाई बिभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाईएको छ ।
अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस २००३ को सेप्टेम्बर २८ देखि यसलाई मनाउन शुरु गरिएको हो । नेपालमा पनि फ्रिडम फोरमको आयोजनामा सन २००६ देखि मनाउन थालिएको हो । नेपालमा पनि सूचनाको हक सम्बन्धि ऐन २०६४, नियमावली २०६५ जारी भईसकेको छ । तर नागरिक तहमा यो हकको उत्साहजनक रुपमा अभ्यास भने हुन सकेको छैन ।
आम मानिसलाई सार्बजनिक र आफ्नो निजी सरोकारको प्रत्यक सूचनामा सहज पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा सूचनाको हकलाई मानिसको आधारभूत मौलिक हकको रुपमा स्वीकारिएको छ ।
सार्बजनिक निकायमा रहेको सूचनाको अधिकतम खुल्लापनद्वारा आम जनतामा त्यस्ता निकायहरु प्रति अपनत्वको अनुभूति गराउदै सुशासनको प्रत्याभूति दिलाउनु नै सूचनाको हकको आधारभूत सिद्धान्त हो । यो हकले हरेक करदातालाई उसले तिरेको पैसा कहाँ र कसरी खर्च भएको छ भनेर जान्न पाउने लगायतका अधिकार सुनिश्चित गर्छ ।
यसबर्षको अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवसको अवसरमा डोटीमा बिभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय डोटीले बुधवार सार्बजनिक निकायका प्रमुख, सूचना अधिकारी तथा पत्रकारहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सूचनाको हक सम्बन्धि ऐन तथा नियमावलीको वारेमा छलफल गरिनुका साथै सुचनाको हकको प्रभावकारी कार्यान्वयनको वारेमा अन्तरकृया गरिएको थियो । सहभागिहरुले डोटी जिल्लामा सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
कार्यक्रममा वोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचना अधिकारीले सार्बजनिक सूचनाको बर्गिकरण गरि नागरिकलाई सही सूचना प्रवाह गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
डोटीका सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्ने प्रयास गरिएको बताउदै त्यसको लागि कार्यालय प्रमुख, सूचना अधिकारी तथा पत्रकारहरुका बीचमा समन्वय हुन आबश्यक रहेको खाँचो औंल्याउनु भयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालय डोटीले आबश्यकता अनुसार मासिक, त्रैमासिक रुपमा अन्तरकृया कार्यक्रमको आयोजना गर्ने गरिएको जानकारी दिनु भयो ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्बाचनको सन्दर्भमा झनै सूचनाको हकको महत्व रहेको बताउदै निर्बाचनसँग सम्बन्धित सूचना सत्य तथ्य प्रवाह गर्न सबैलाई अनुरोध गर्नु भयो । कार्यक्रमको सहजिकरण पत्रकार रामहरी ओझाले गर्नु भएको थियो ।