घण्टेश्वर अनलाईन
सिलगढी
आज नवरात्रीको दशौं दिन अर्थात हिन्दुहरुको महान पर्ब वडा दशैं । आज बडा दशैंमा मान्यजनबाट टिका ग्रहण गर्ने शुभ साईत बिहान ११ बजेर ५१ मिनेटमा रहेको डोटीका ज्योतिष पंडित चेतराज उपाध्यायले बताउनु भएको छ ।
ज्योतिष उपाध्यायले बडा दशैंको शुभ साईतको बारेमा कुण्डली तयार गरेर सामाजिक सन्जाल मार्फत सार्बजनिक गर्नु भएको छ ।
जमारा काट्ने र पहिलो टिका ग्रहण गर्ने साईत बिहान ११ बजेर ५१ मिनेटमा भएपनि समय र परिस्थिती अनुसार पूर्णिमा सम्म दशैंको टिका ग्रहण गर्न सकिने र यसको लागि कुनै समय बन्देज नभएको ज्योतिष उपाध्यायले बताउनु भयो ।
डोटी सायल गाउँ पालिकाको डौड निवासी ज्योतिष उपाध्यायले बि.सं. २०७० साल देखि हरेक बर्ष खप्तड तारानाथ पन्चाङ्ग नामक पात्रो प्रकाशन गर्दै आउनु भएको छ ।
ज्योतिष उपाध्याय हाल नेपाल ज्योतिष परिषदको उप महासचिब, दक्षिण एशियाली ज्योतिष महासँघको पूर्ब केन्द्रिय सदस्य, खप्तड तारानाथ पन्चाङ्ग गणक सम्पादक रहनु भएको छ । यसैगरि ज्योतिष उपाध्यायले २ पटक राष्ट्रिय बिभुषण प्राप्त गर्नुका साथै एक सय पटक भागवत बाचन गरि सक्नु भएको छ ।