ईन्जिनियर पाठकद्वारा शिबपुर माबि जोरायलमा छात्रबृत्ति कोषको स्थापना

All time tax

घण्टेश्वर अनलाईन
जोरायल
डोटी जोरायल गाउँपालिका वडा नं २ रिठा गाउँ मूल घर भई हाल कैलाली धनगढी तारानगर निवासी ईन्जिनियर भरतराज पाठकले जोरायलको शिबपुर माबि चनकट्टेमा छात्रबृत्ति अक्षय कोष स्थापना गर्नु भएको छ ।
हाल कामको लागि अमेरिकामा रहनु भएका ईन्जिनियर पाठकले अक्षय कोषको लागि रु. १ लाख ४० हजार प्रदान गर्नु भएको बिद्यालयले जनाएको छ । उक्त अक्षय कोषको रकमबाट प्राप्त ब्याजबाट बिद्यालयमा अध्ययनरत गरीव, जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ ।
यस बर्षको बडा दशैंको क्रममा जोरायल पुग्नु भएका पाठकले चनकट्टे स्थित चण्डेश्वर शिब मन्दिरमा फुलपातीको दिन पुजाआजा गर्नुका साथै अष्ट धातुको घाँट (घण्टी) चढाउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.