सुदूरपश्चिमका बिभिन्न जिल्लामा भारी बर्षा हुने सम्भावना
सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीको आग्रह
घण्टेश्वर अनलाईन
सिलगढी
सुदूरपश्चिमका बिभिन्न जिल्लामा भारी बर्षा हुने सम्भावना देखिएको छ । दशैंसँगै अबरिल बर्षा भईरहेको र अझै २२ गते सम्म भारी बर्षा हुन सक्ने मौसम पूर्बानुमान महाशाखाले जनाएको छ ।
यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय डोटीले अबरिल बर्षाका कारण हुन सक्ने धनजनको क्षेतीबाट जोगिन सर्ब साधारणलाई सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीले बुधबार एक बिज्ञप्ती प्रकाशित गर्दै दशैंसँगै अबिरल बर्षा भईरहेको र असोज २२ गतेसम्म भारी बर्षा हुनसक्ने सम्भावना रहेकोले सम्भावित दैबी प्रकोपका घट्नाबाट हुनसक्ने धनजनको क्षेतीबाट पूर्ब तयारी र सतर्कता अपनाउन आग्रह गरेको हो ।
अबिरल बर्षाका कारण बाढी, पहिरो, भुक्षय, डुबान जस्ता घटनाहरु हुनसक्ने भएकाले नदिको छेउछाउमा दाउरा बटुल्ने, माछा मार्ने, पौडी खेल्ने, रुख मुनि बस्ने र आफ्ना नानी बाबुलाई एक्लै छोड्ने जस्ता क्रियाकलाप नगर्न नगराउन हुन प्रमुख जिल्ल अधिकारी कल्पना श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
विशेष चाडपर्वको समय भएकोले मौसम र सडकको अबस्थालाई ध्यान राखी यात्रा गर्न र बिपद घटना भएमा नजिकको प्रहरी इकाई, सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयमा खबर गर्न समेत जिल्ला प्रशासन कार्यालय डोटीले सर्बसाधारणलाई आग्रह गरेको छ ।