घण्टेश्वर अनलाईन
धनगढी
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरुको टुँगो लगाएको छ । एमालेले सुदूरपश्चिम प्रदेशमा टुँगो लगाएका उम्मेदवारहरुको टिकट सम्बन्धित प्रदेशका ईन्चार्ज मार्फत पठाईसकेको छ ।
एमालेले सुदूरपश्चिम प्रदेशका केही जिल्लामा प्रदेशसभामा तालमेलका लागि ठाउँ राखेको छ । एमालेले डडेल्धुरा जिल्लामा प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध उम्मेदवार नउठाएर नेपाली काँग्रेस बिपीसँग तालमेल गर्ने भएको छ । यसै बिच एमालेले छनौट गरेका उम्मेदवारहरुको विषयमा ब्यापक असन्तुष्टि भने देखिएको छ । एकल सिफारिसमा परेका एमाले नेता भिम रावलले टिकट पाएनन । यसै गरि एमालेको अछाम, डोटी, बाजुरा, कैलाली कन्चनपुर जिल्लामा उम्मेदवार छनौटको विषयमा असन्तुष्टि देखिएको एमाले नेताहरु बताउछन । एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारको टुँगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको थियो ।
यी हुन् एमालेका उम्मेदवार
बाजुरा :
प्रतिनिधिसभा : कर्णबहादुर थापा, प्रदेशसभा : लालबहादुर थापा, बलदेव रेग्मी
बझाङ
प्रतिनिधिसभा : ऐन महर, प्रदेशसभा : अफिलाल ओखेडा, एलबी रावल
दार्चुला
प्रतिनिधिसभा : गणेश ठगुन्ना, प्रदेशसभा : हर्देब जोशी, रामदत्त जोशी
बैतडी
प्रतिनिधिसभा : दामोदर भण्डारी, प्रदेशसभा : सुरेन्द्र पाल, लीलाधर भट्ट
डडेलधुरा
प्रतिनिधिसभा : कांग्रेस बीपी, प्रदेशसभा : पठानसिंह बोहोरा, गजेन्द्र शाही
डोटी
प्रतिनिधिसभा : गौरी ओली, प्रदेश सभा : चक्र मल्ल, टेकबहादुर बम
अछाम- १
प्रतिनिधिसभा : झपट बोहोरा, प्रदेशसभा : कृष्णप्रसाद जैशी, देवबहादुर कुँवर
अछाम- २
प्रतिनिधिसभा : यज्ञ बोगटी, प्रदेश सभा : भीम विष्ट, शिव उपाध्याय
कञ्चनपुर- १
प्रतिनिधिसभा : तारा लामा, प्रदेशसभा : पल्लबराज भट्ट, वीरबहादुर थापा
कञ्चनपुर- २
प्रतिनिधिसभा : नरबहादुर धामी, प्रदेशसभा : कृपाराम राना, बचन सिंह
कञ्चनपुर- ३
प्रतिनिधिसभा : नीरुदेवी पाल, प्रदेशसभा : सुरेन्द्र विष्ट, तालमेल गर्ने
कैलाली- १
प्रतिनिधिसभा : टपेन्द्र रावल, प्रदेशसभा : द्वारिका न्यौपाने, तालमेल गर्ने
कैलाली- २
प्रतिनिधिसभा : झपट रावल, प्रदेशसभा : कमला वली, डेजी पाण्डे
कैलाली- ३
प्रतिनिधिसभा : गौरीशंकर चौधरी, प्रदेशसभा : जयनारायण जोशी, तालमेल गर्ने
कैलाली- ४
प्रतिनिधि सभा : लेखराज भट्ट, प्रदेशसभा : भीमबहादुर देउवा, हरिसिंह साउद
कैलाली- ५
प्रतिनिधि सभा : नारदमुनि राना, प्रदेशसभा : यज्ञ बास्तोला, दुर्गा जोशी
नामावली नेपाल प्रेसबाट