गठबन्धन बिरुद्ध डोटी काँग्रेसका नेता कार्यकर्ताको असन्तुष्टि कायमै
आज स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने तयारी
घण्टेश्वर अनलाईन
सिलगढी
निर्बाचन आयोगको घोषित कार्यक्रम अनुसार आज देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले आ आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्दैछन । आगामी मँसिर ४ गते हुने निर्बाचनमा एकातिर सत्तारुढ दलको गठबन्धन र अर्का तिर एमाले सहितको अर्को गठबन्धनका बिचमा प्रमुख रुपमा प्रतिष्पर्धा हुने देखिएको छ ।
डोटीको सन्दर्भमा निर्बाचनको लागि मनोनयन पत्र दर्ता गर्ने दिन सम्म प्रमुख दलहरुले उम्मेदवारहरुको टुँगो लगाएका छन । सत्ता गठबन्धनको तर्फबाट डोटीबाट प्रतिनिधि सभा सदस्य पदमा एकिकृत समाजवादीका प्रेमबहादुर आलेमगर, डोटी प्रदेश क बाट नेपाली काँग्रेसका नरेन्द्रबहादुर सिंह र प्रदेश ख बाट नेकपा(माओवादी केन्द्र) का शिबसिंह ओलीले आज उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गर्दै छन ।
यसै गरि डोटी जिल्लामा नेकपा एमालेले एकल रुपमा निर्बाचन लड्ने भएको छ । एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा गौरी ओली, प्रदेश क मा चक्र मल्ल र प्रदेश ख मा टेकबहादुर बमले उम्मेदवारी दर्ता गर्ने एमाले डोटीले जनाएको छ ।सत्ता गठबन्धन बिरुद्ध डोटीमा असन्तुष्टि कायमै
सत्ता गठबन्धन बिरुद्ध डोटी काँग्रेसका नेता कार्यकर्ताको असन्तुष्टि कायमै देखिएको छ । असन्तुष्ट पक्षले आज स्वतन्त्र रुपमा उम्मेदवारीको मनोनयन पत्र दर्ता गराउने तयारी गरिरहेको बुझिएको छ ।
यो समाचार तयार गर्दासम्म डोटी काँग्रेसका असन्तुष्ट समूहबाट प्रतिनिधि सभा सदस्य पदमा पदमराज जोशी, प्रदेश क बाट जीतबहादुर खड्का र नरेन्द्रबहादुुर खड्का, प्रदेश ख बाट भूमिराज बडुले उम्मेदवारी दर्ता गराउने गरि तयारी भईरहेको र छलफल जारी रहेको बताईएको छ ।
यस सम्बन्धमा असन्तुष्ट समूहबाट प्रतिनिधि सभाका लागि प्रस्ताबित उम्मेदवार पदमराज जोशीसँग सम्पर्क गर्दा यो रहर नभएर बाध्यता भएको बताउनु भयो । स्वतन्त्र उम्मेदवारी दर्ता गराउने बिषयमा सिँगो डोटी काँग्रेसका नेता कार्यकर्ताको साथ र समर्थन रहेकाले आफुहरुले बिजयी हासिल गर्ने दावी गर्नु भयो ।
्