केआई सिंह गाउँ पालिकाको वडा नं. ७ मा सुरक्षित प्रसुती केन्द्र भवन निर्माण हुने

All time tax

घण्टेश्वर अनलाईन
भूमिराजमाण्डौं डोटी
डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ७ मा ३ कोठे बर्थिङ सेन्टर भवन निर्माण हुने भएको छ ।
डिसीए र सम विकास केन्द्र (इडिसी) डोटी बिचको साझेदारीमा सन्चालित परिबर्तन परियोजनाको आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो । वडा नं. ७ मा वर्थिङ सेन्टर भवन निर्माण भएपछि नियमित गर्भवती र सुत्केरी जाँचमा सहजता भई स्थानीय महिलाहरु लाभान्वित हुने छन ।
उक्त भवन सम बिकास केन्द्र नेपालको रु ८ लाख र केआई सिंह गाउँ पालिकाको ३ लाख २८ हजार गरि कुल ११ लाख अट्ठाइस हजार लागतमा निर्माण हुन लागेको सम बिकास केन्द्र डोटीले जनाएको छ ।
वडा नं. ७ मा सुरक्षित प्रसुती केन्द्र निर्माणको लागि सम विकास केन्द्र (इडिसी) डोटीद्वारा सञ्चालित परिवर्तन परियोजना अन्तरगत, सहकारी (सिएपी) सामुदायिक कार्य योजना, प्रगतिशील महिला अधिकार मञ्चले पहल गर्दै आएका थिए ।
सन २०२२ को डिसेम्बर १५ सम्म निर्माण सम्पन्न हुने उक्त भवनको बुधबार केआई सिंह गाउँ पालिका वडा नं. ७ का वडाअध्यक्ष दिलबहादुर बलायरले शिलान्यास गर्नु भयो । भवन शिलन्यास कार्यक्रममा केआई सिंह गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद जैसी, सम बिकास केन्द्र नेपालका कर्मचारीहरु लगायत स्थानीय महिलाहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.