नेकपा (एमाले) का ३ जना प्रदेश कमिटी सदस्य पार्टीबाट निस्काशित

llc

घण्टेश्वर अनलाईन
दिपायल
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटीका ३ जना सदस्यहरुलाई पार्टीबाट निस्काशित गरेको छ ।
पार्टी अनुशासनको गम्भिर उल्लँघन गरेको भन्दै नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार प्रदेश कमिटीका सदस्यहरू जयराज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीको साधारण सदस्यता समेत नरहने गरि कारवाही गरेको हो ।
नेकपा(एमाले) प्रदेश कमिटी सचिब धर्मराज पाठकद्वारा प्रकाशित बिज्ञप्ती अनुसार उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) अनुसार कारवाही गरिएको जनाईएको छ ।
प्रदेश कमिटीका सदस्यहरू जयराज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) ले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्बाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाईएको छ ।
एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लङ्घन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.