कबिराम डाँगी
गैरा
डडेलधुराको गैरा गाँखेत सडक खण्डमा बुधबार यात्रुवहाक जिप दुर्घटना भएको छ ।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–१ गैरा–गांखेत सडक खण्डमा से १ ज ६०८ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गन्यापधुरा गाउँपालिकाका २४ वर्षीय चालक विशाल देउवासहित नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।