कांग्रेस नेता आनन्द विष्टलाई डोटीको लागि निर्बाचन केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

घण्टेश्वर अनलाईन
दिपायल
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको सन्दर्भमा नेपाली कांग्रेसले निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टलाई डोटीको लागि केन्द्रीय प्रतिनिधिको रुपमा जिम्मेवारी दिएको छ ।
नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति समेत रहेका बिष्टलाई पार्टी सभापति शेरबहादुर देउबाले बिहीवार विष्टलाई औपचारिक पत्रसहित जिम्मेवारी दिएर डोटीका लागि खटाएका हुन ।
पार्टी सभापति देउवाले डोटीमा समानुपातिक तर्फ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसको पक्षमा अधिकतम मत खसाल्ने वातावरण वनाउन र पार्टीका जिल्ला स्थित नेता कार्यकर्ताहरुसँग सम्पर्क समन्वय गरि पार्टीको पक्षमा परिचालन हुने वातावरण मिलाउन पत्र मार्फत भनेका छन ।

Leave A Reply

Your email address will not be published.