घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लामा आसन्न निर्बाचनलाई शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्नका लागि मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले आज एक सूचना जारी गरि २०७९ कार्तिक १९ गते देखि मतगणनाको अन्तिम परिणाम घोषणा नभए सम्म मदिराको बिक्रि बितरण, ओसार पसार तथा सेवनमा पूर्ण रुपमा निषेध गरिएको जनाएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले डोटी जिल्लाभरि लागु हुने गरि मदिराको ओसार पसार, बिक्रि बितरण तथा सेवनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको हो । उक्त निर्णयको बिरुद्ध कसैले मदिराको ओसार पसार, बिक्रि बितरण तथा सेवन गरिएको भेटिए प्रचलित कानून अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
आगामी मँसिर महिनाको ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन एकै साथ सम्पन्न हुँदैछ ।
