बडिकेदार जाँतमा गाउँपालिकाले दियो सार्बजनिक बिदा

घण्टेश्वर अनलाईन
बडिकेदार, डोटी
डोटी जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल बडिकेदारमा यही कार्तिक २० गते मेला लाग्ने भएको छ । मेलाको दिन डोटीको बडिकेदार गाउँपालिकाले सार्बजनिक बिदा दिने भएको छ ।
बडिकेदार गाउँ पालिकाले आज एक सूचना जारी गरि बोगटान क्षेत्रको प्रसिद्ध धार्मिक स्थल बडिकेदार मेलाको दिन गाउँ पालिका क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, बित्तिय सँस्था तथा बिद्यालयहरु बन्द रहने जनाएको छ ।
बडिकेदार डोटीको मात्र नभएर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल हो । बडिकेदार देवताको पूजाआजा हुने दिन डोटीबाट मात्र नभएर सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरु बडिकेदार आउने गर्दछन । बडिकेदारको धार्मिक पर्यटनको प्रबद्र्धन गर्न गाउँपालिकाले सार्बजनिक बिदा दिने निर्ण गरिएको गाउँ पालिका अध्यक्ष भैरवबहादुर साउँदले जानकारी दिनु भयो ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा रहेको बडिकेदारमा कार्तिक शुक्ल त्रियोदशीको राती र अर्को दिन दिउँसो पूजाआजा तथा मेला लाग्ने गर्दछ ।
बडिकेदारलाई धार्मिक पर्यटन स्थलको रुपमा बिकास गर्नको लागि नेपाल सरकारको पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र बडिकेदार तथा बोगटान फुडसिल गाउँपालिकाले बिभिन्न पूर्बाधार निर्माणका कामहरु गरिरहेका छन ।
बडिकेदारलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा बिकास गर्नको लागि सुदूरपश्चिम प्रदेश सरकारले बडिकेदार पर्यटन क्षेत्र बिकास समिति पनि गठन गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.