जोरायल र बोगटान फुड्सिल गाउँपालिकाले विपद् व्यवस्थापन योजना बनाउने

घण्टेश्वर अनलाईन,जोरायल
डोटी जिल्लाको जोरायल र बोगटान फुडसिल गाउँपालिकाका स्थानीय स्तरमा विपद ब्यवस्थापन तथा जलबायु उत्थानशिल योजना निर्माण गरिने भएको छ ।
कारितास अस्ट्रीयाको आर्थिक सहयोगमा करितास नेपाल र सामुदायिक बिकास मन्च नेपालद्वारा सन्चालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजना अन्तरगत समुदाय तथा बिद्यालय स्तरमा योजना निर्माण हुन लागेको हो । उक्त विपद ब्यवस्थापन तथा जलबायु उत्थानशिल योजना गाउँ पालिका स्तर र वडा स्तरमा पनि निर्माण गरिने सो सँस्थाले जनाएको    छ ।
सामुदायिक बिकास मन्च नेपाल डोटीका विपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीका अनुसार अहिले समुदाय तथा बिद्यालय स्तरमा विपद ब्यस्थापन तथा जलवायु परिवर्तन अनुकलन सम्बन्धि समुदाय तथा बिद्यालयको क्षमता अभिबृद्धि गर्ने काम भईरहेको छ ।
परियोजना अन्तरगत हालसम्म परियोजना परिचयात्मक कार्यशाला संचालन , समुदाय स्तरमा ४० वटा कृषक समूह गठन , कृषक समूह तथा छनौट गरिएका ९० जना स्ययँसेवकहरुलाई विपद व्यवस्थपन तथा जलबायु परिवर्तन अनुकुलन सम्बन्धि क्षमता अभिबृद्धि, समुदाय स्तरमा रहेका १९ वटा समाजिक संघ संस्थाहरु छनौट गरी सँस्थागत बिकास तथा विपद व्यवस्थपन तथा जलबायु परिवर्तन अनुकुलन सम्बन्धि क्षमता विकास गरिएको सामुदायिक बिकास मन्च नेपाल डोटीले जनाएको छ ।
यसैगरी ४० वटा कृषक समूह, १० वटा सामाजिक संघ संस्थाहरुलाई समुह व्यवस्थापनको लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । यस्तै परियोजना अन्तरगत कोभिड ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले परियोजना सञ्चालित स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको सँस्थाले जनाएको छ ।
विपद् व्यवस्थापनमा स्थानीय तहको नीति निर्माण, विपद् ब्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा आर्थिक तथा प्राबिधिक सहयोग गर्ने, समुदाय स्तरमा कृषि समूह गठन गरी किसानहरुको जीविकोपार्जनमा सहयोग गर्ने, विद्यालय सुरक्षाका लागि सुरक्षा योजना निर्माण तथा विपद ब्यवस्थापन तथा न्यूनिकरण शिक्षा दिने परियोजनाको मुख्य उद्देश्य रहेको विपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीले जानकारी दिनु भयो ।

यसै गरि परियोजना अन्तरगत सामुदायिक विकास मन्च नेपालको आयोजनामा जोरायल गाउँपालिकाका स्थानीय स्वयँसेवकहरुलाई बिपद जोखिम न्यूनीकरण ,जलवायु परिवर्तन अनुकुलन तथा संकटासन्नता एबम क्षमता बिश्लेषण सम्बन्धि क्षमता विकास गरिएको छ ।
जोरायल गाउँपालिकाको सभाकक्षमा यहि भदौ १४ र १५ गते सन्चालन गरिएको उक्त २ दिने तालिममा कारितास नेपालका परियोजना संयोजक विवेक गौतम र सामुदायिक बिकास मञ्च नेपालका विपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीले बिपद जोखिम न्यूनिकरण ,जलवायु परिवर्तन अनुकुलन तथा संकटासन्नता एबम क्षमता बिश्लेषण सम्बन्धि विविध विषयमा प्रशिक्षण दिनु भएको थियो । तालिमको उद्घाटन जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना वोहराले सँयुक्त रुपमा गर्नु भएको थियो ।
उक्त तालिममा ३० जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो । डोटी जिल्लाको जोरायल, बोगटान फुड्सिल गाउँपालिका तथा बाजुरा जिल्लाको बुढीगँगा नगरपालिकामा सञ्चालित उक्त परियोजना जनवरी २०२१ बाट शुरु भई डिसेम्बर २०२२ मा समापन हुने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.