Prem

जोरायलको बेताल आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ४ बिनोडा स्थित बेताल आधारभूत बिद्यालयमा अक्षय कोषको स्थापना गरिएको छ । जोरायल गाउँपालिका वडा नंं ३ बरम निवासी समाजसेवी तथा शिक्षाप्रेमी ईश्वरीदत्त जोशीले स्व. बुवा धनन्जय जोशी र ९० बर्षिय आमा अम्बादेबी जोशीको नामबाट स्थानीय बिद्यालयमा उक्त अक्षय कोषको स्थापना गरेका हुन । स्व. वुवा धनन्जय जोशी र आमा अम्बादेबी जोशीको नामबाट रहने गरि अक्षय कोषको नाम “धनन्जय अम्बा विद्यालय हित अक्षय कोष” नामाकरण गरिएको जोशीका छोरा तथा सोही बिद्यालयका शिक्षक केशब जोशीले बताउनु भयो ।
जोशीका अनुसार “धनन्जय अम्बा विद्यालय हित अक्षय कोष” को कुल रकम रु. १ लाख २५ हजार रहेको छ । उक्त कोषको रकमलाई स्थानीय बैंकमा खाता खोली जम्मा गरिने र वार्षिक रुपमा प्राप्त हुने व्याज रकमलाई बिद्यालयको शैक्षिक बिकासमा खर्च गरिने बिद्यालयले जनाएको छ ।
उक्त अक्षय कोष विद्यालयको नयाँ व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन कार्यक्रमको अवसर पारी आईतबार घोषणा गरिएको हो । अक्षय कोष घोषणा कार्यक्रममा जोशी परिवारलाई बिद्यालयको तर्फबाट दोसल्ला तथा कदर पत्रले सम्मान गरिएको थियो । जोरायल गाउँपालिका वडा नंं ३ बरम निवासी ईश्वरीदत्त जोशी बिगत लामो समय देखि समाज सेवा तथा शिक्षा क्षेत्रको बिकासको लागि योगदान गर्दै आउनु भएको छ ।
विद्यालयको नयाँ व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन तथा अक्षय कोष घोषणा कार्यक्रममा जोरायल गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष नन्दराज भट्ट, वडा सदस्य बलबहादुर ओली, जोरायल गाउँपालिकाका शिक्षा अधिकृत तेजबहादुर खत्री लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको बिद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.