घण्टेश्वर अनलाईन
जोरायल, डोटी
गोजुरियो कराते खेलका लागि दक्ष खेलाडी उत्पादन गर्न डोटी जिल्लामा पहल थालिएको छ । राष्ट्रिय गोजुरियो कराते दो–संघ डोटीको पहलमा गोजुरियो कराते खेल सम्बन्धि स्थानीय स्तरमा प्रशिक्षण तथा स्तरबृद्धि कार्यक्रम थालिएको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल डोटीका प्रमुख प्रशिक्षक पवन शाहुले जानकारी दिनु भयो ।
प्रमुख प्रशिक्षक शाहुका अनुसार स्थानीय स्तरमा युवाहरुलाई गोजुरियो कराते खेल प्रति आकर्षित गराई कुलतबाट टाढा राख्ने र स्थानीय स्तरमा दक्ष खेलाडी उत्पादन गर्नु अभियानको मूल उद्देश्य हो । प्रशिक्षण तथा स्तरबृद्धि कार्यक्रम डोटीका सबै स्थानीय तहमा सन्चालन गरिने छ ।
यसै क्रममा जोरायल गाउँपालिकामा गोजुरियो कराते खेलका लागि आईतबार ३६ जना खेलाडीको स्तर बृद्धि गरिएको छ । गोजुरियो कराते खेलको स्तर बृद्धि कार्यक्रमको लागि कुल ४१ जना खेलाडीहरु सहभागि भएकोमा ३६ जना खेलाडीलाई सेतो पेटीबाट पहेंलो पेटी प्रदान गरिएको सँघले जनाएको छ ।
जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टेमा आयोजना गरिएको प्रशिक्षण तथा स्तरबृद्धि कार्यक्रममा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रिय सदस्य तथा सु.प.खेलकुद परिषदका सदस्य बि.एस.ओड, केन्द्रिय सदस्य तथा कंचनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का, सु.प.खेलकुद परिषदका सदस्य सन्तोष बि.क.र डोटीका प्रमुख प्रशिक्षक पवन शाहुको टोलीले खेलाडीहरुलाई पुस ८ देखि १० गते सम्म प्रशिक्षण दिनुका साथै स्तरबृद्धि गरेको थियो ।
राष्ट्रिय गोजुरियो कराते दो–संघ नेपाल डोटीका अध्यक्ष नन्दराज भट्टको सभाध्यक्षतामा अधयक्षता तथा प्रमुख प्रशिक्षक पवन शाहुको सन्चालनमा सम्पन्न प्रथम ग्रेडिङ तथा दोजो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जोरायल गाउँपालिकाले खेलकुद क्षेत्रलाई बिशेष महत्व दिएको र आगाम िदिनमा बिकास गर्दै लगिने कुरा बताउनु भयो । आगामी दिनमा जोरायल गाउँपालिकाले सबै वडामा खेलमैदान निर्माण गर्न पहल गर्ने तथा ईनडोर खेलको लागि खेलकुद हल निर्माण गरिने मन्तब्यका क्रममा जानकारी दिनु भयो ।
प्रथम ग्रेडिङ तथा दोजो उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथी जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा, राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रिय सदस्य तथा सु.प.खेलकुद परिषदका सदस्य बि.एस.ओड, केन्द्रिय सदस्य तथा कंचनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले खेलकुदको महत्वका बारेमा बोल्नु भएको थियो ।
