कबिराम डाँगी
जोरायल
जोरायल गाउँपालिकाले ६ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गरेको छ ।
गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ६ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना ब्यवस्थापनका विषयमा जानकारी दिईएको प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त भट्टले बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत भट्टका अभिमुखिकरण कार्यक्रममा उपभोक्ता समितिकोे काम कर्तब्य र अधिकार, योजनाको गुणस्तरीयता र पारदर्शिता, अनुगमन तथा मुल्याँकन लगायतका विषयमा जानकारी दिईएको थियो ।
उपभोक्ता समितिका पदाधिकारीहरुलाई आधारभूत विषयमा जानकारी भएपछि समयमा योजनाको सम्झौता, कार्यान्वयन हुने , बिभिन्न विवादहरुमा कमि आउने, समयमा योजनाको रकम भुक्तानी गर्ने लगायतका बिषयमा सहज हुने अपेक्षा गरिएको जोरायल गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका योजना शाखा तथा प्राबिधिक कर्मचारीहरुद्वारा दिईएको अभिमुखिकरण कार्यक्रममा उपभोक्ता समिति तथा अनुगमन समितिका पदाधिकारीहरुको सहभागिता रहेको योजना शाखा प्रमुख चन्द्रसिंह ऐडीले बताउनु भयो ।