कबिराम डाँगी
बुडर डोटी
डोटीको जोरायल गाउँपालिका वडा नं. २ बुडर स्थित रामपुर नमुना बिद्यालयलाई आज एक समारोहको आयोजना गरि खानेपानी, सरसफाई तथा स्वच्छता प्रबद्र्धनमा तीन तारे बिद्यालय घोषणा गरिएको छ । रामपुर माबिले आबश्यक ३० पूर्णाङकको १० वटा सूचक पुरा गरेकाले तीन तारे बिद्यालय घोषणा गरिएको जोरायल गाउँपालिकाका शिक्षा अधिकृत तेजबहादुर खत्रीले जानकारी दिनु भयो ।
शिक्षा अधिकृत खत्रीका अनुसार बिद्यालयलाई तीनतारे घोषणाको लागि स्वच्छ खानेपानी, शौचालय, भौतिक सँरचना, घेरवार, बिपद जोखिम ब्यवस्थापन, महिनावारी स्वच्छता ब्यवस्थापन, हरियाली वातावरण, अनुगमन मुल्याँकन तथा जवाफदेहिता लगायतका १० वटा सूचकहरु रहेका छन । रामपुर माबि बुडरमा अनुगमन गर्दा सबै सूचकहरु पूरा गरि आबश्यक ३० अँक प्राप्त गरेकोले तीनतारे घोषणा गरिएको जोरायल गाउँपालिकाले जनाएको छ ।
तिनतारे बिद्यालय घोषणा कार्यक्रममा बोल्ने बक्ताहरुले बिद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै मेघा स्कुलको अबधारणामा अगाडी बढ्नु पर्ने कुरामा जोड दिए ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले रामपुर माबिलाई नमुनाको रुपमा बिकास गर्न गाउँपालिकाले पनि बिशेष प्राथमिकता दिएकाले बिद्यालयले काम र गुणस्तरमा पनि नमुना बन्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले रामपुर माबिले सबै क्षेत्रमा गुणस्तर बृद्धि गर्दै नाममा मात्र होईन काममा पनि नमुना बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जोरायल गाउँपालिकाका शिक्षा अधिकृत तेजबहादुर खत्रीले रामपुर माबिले पछिल्लो समयमा हरेक क्षेत्रमा सन्तोषजनक काम गरिरहेको र शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि थप मेहनत गर्नु पर्ने बताउनु भयो । तीनतारे बिद्यालय घोषणा कार्यक्रम नेपाल सरकारको कार्यक्रम भएकाले बिद्यालयले हरेक क्षेत्रमा सुधार गर्दै आफ्नो स्तर बृद्धि गर्दै लैजानु पर्ने शिक्षा अधिकृत खत्रीको जोड थियो । बिद्यालयले स्कुल बस सन्चालन गर्नसके फलटुडे देखि रुपसकाँडा सम्मका बिद्यार्थीहरुलाई सहज रुपमा यातायात सेवा पुग्ने र बिद्यालयलाई जोरायल क्षेत्रको शैक्षिक हवको रुपमा बिकास गर्न मद्दत पुग्ने धारणा ब्यक्त गर्नु भयो ।
जोरायल गाउँ पालिका वडा नं. २ का वडाअध्यक्ष वीरबहादुर दर्लामीले रामपुर माबिले मेघा स्कुलको अबधारणामा अगाडी बढ्नु पर्ने र त्यसको लागि जोरायल गाउँपालिका आबश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यसैगरि रामपुर माबिका प्रधानाध्यापक पदमराज भट्टले बिद्यालयमा निर्माण भउका रँगीचँगी भौतिक सँरचनाले मात्र शिक्षाको गुणस्तर नबढ्ने भएकाले बिद्यालय प्रशासन शिक्षाको गुणस्तर सुधारको लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट रामदत्त भट्राई, नेकपा(माओवादी केन्द्र) का तर्फबाट जगतराज सोव सिजापति, नेकपा(एकीकृत समाजवादी) को तर्फबाट भुवन नागरी, घण्टेश्वर माबि जोरायलका प्रधानाध्यापक सुनलाल थापा, बिद्यार्थीको तर्फबाट करन बोहरा लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
रामपुर माबिलाई तीन तारे बिद्यालय घोषणा कार्यक्रमको अवसरमा बिद्यालयमा निर्माण भएका २ वटा भवनको उद्घाटन पनि गरिएको थियो ।
यसअघि जोरायल गाउँपालिका वडा नंं ५ स्थित नवोदय माबि गडसेरा, वडा नं. ४ स्थित खाईगाड आधारभूत बिद्यालय खाईगाड र बेताल आधारभूत बिद्यालय बिनोडालाई दुईतारे बिद्यालय घोषणा गरिसकिएको शिक्षा शाखाले जनाएको छ ।
रामपुर माबिलाई तीनतारे बिद्यालयको रुपमा घोषणा गर्नका लागि युनिसेफ नेपाल तथा सामुदायिक बिकास मन्च नेपाल डोटीले जोरायल गाउँपालिका मार्फत आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको थियो ।