घण्टेश्वर अनलाईन, जोरायल
डोटी बहिरा सँघले जिल्लाका सबै स्थानीय तहमा रहेका बहिराहरुलाई लक्षित गरि आधारभूत साँकेतिक भाषा सम्बन्धि प्रशिक्षण दिने भएको छ ।
साँकेतिक भाषा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्बन्धित स्थानीय तहको आर्थिक सहयोगमा सन्चालन गरिने सँघका अध्यक्ष योगेन्द्र वोगटीले जानकारी दिनुभयो ।
बहिराहरुका लागि भाषा सम्बन्धि पाठ्यक्रम तयार गरि आधारभूत तथा स्तरीय प्रशिक्षण कार्यक्रम सन्चालन गरिने सँघले जनाएको छ । प्रशिक्षण कार्यक्रमबाट बहिराहरुलाई एक आपसमा सन्चार आदानप्रदान गर्न सहज हुने अपेक्षा गरिएको अध्यक्ष वोगटीले बताउनु भयो ।
बोगटीका अनुसार अपाँगता क्षेत्र भित्र बहिराहरु कम प्राथमिकतामा परेको महसुस गरि बहिराहरुको छुटै सँस्था स्थापना गरिएको हो ।
यसै सन्दर्भमा जोरायल गाउँपालिका क्षेत्रमा रहेका बहिराहरुलाई लक्षित गरि आयोजना गरिएको १० दिने साँकेतिक भाषा तालिम सोमबारदेखि जोरायलमा शुरु भएको छ ।
जोरायल गाउँपालिकाको आर्थिक सहयोगमा डोटी बहिरा सँघद्धारा आयोजना गरिएको उक्त तालिममा जोरायल गाउँपालिका क्षेत्रका २१ जना बहिराहरुको सहभागिता रहेको छ ।
बहिराहरुलाई साँकेतिक रुपमा सन्चार गर्न सहयोग पुर्याउने उद्देश्यले ेआयोजना गरिएको उक्त तालिमका प्रशिक्षकहरु वीरबहादुर मडै र पुष्ण पुनमगर रहेका छन ।
उक्त तालिमको उद्घाटन गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले समाजमा रहेका सबै खाले अपाँगता भएका ब्यक्तिहरुको सशक्तिकरण गर्नु पर्ने आबश्यकता औंल्याउनु भयो ।
त्यस्तै कार्यक्रमका अतिथी जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बहिरा व्यक्तिहरुका लागि आयोजना गरिएको साँकेतिक भाषा तालिमले उनिहरुको सशक्तिकरणमा सहयोग पुग्ने बताउनु भयो ।