रामपुर माबि बुडर डोटीमा नयाँ बिद्यालय व्यवस्थापन समिति चयन

कबिराम डाँगी
बुडर, डोटी
जोरायल गाउँ पालिका वडा नं. २ का अभिभावकहरुले रामपुर नमुना माद्यमिक बिद्यालय बुडरको नयाँ बिद्यालय व्यवस्थापन समिति सर्वसहमत रुपमा चयन गरेका छन ।
रामपुर माद्यमिक बिधालय बुडरद्वारा आयोजना गरिएको अभिभावक भेलाबाट सर्बसहमत रुपमा नयाँ व्यवस्थापन समिति चयन गरिएको प्रधानाध्यापक पदमराज भट्टले जानकारी दिनु भयो ।
बिद्यालयका अनुसार नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामचन्द्र ओझा चयन भएका छन । यसै गरि सदस्यहरुमा क्रमस भक्तबहादुर थापा, बिरगन्ज बिक, महिला सदस्यहरुमा फुरा राई र राधा बिक रहेका छन ।
यसैगरि सोही भेलाबाट शिक्षक अभिभाबक संघको लागि नयाँ पदाधिकारी पनि चयन गरिएको छ । शिक्षक अभिभावक सँघको अध्यक्षमा मुकुन्द पन्त लगायत सबै पदाधिकारी निर्बिरोध रुपमा चयन भएको बिद्यालयले जनाएको छ ।
उक्त अभिभावक भेलामा जोरायल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष वीरबहादुर दर्लामी, जोरायल गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत तेजबहादुर खत्री लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.