कबिराम डाँगी
गैरा डोटी
जोरायल गाउँपालिका वडा नं. १ गैरा स्थित गौरी शँकर माबिमा नयाँ बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सँघ चयन गरिएको छ ।
गौरीशँकर माबि गैराद्वारा शनिबार आयोजना गरिएको अभिभावक भेलाबाट बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सँघमा नयाँ नेतृत्व चयन गरिएको प्रधानाध्यापक धर्मानन्द जोशीले जानकारी दिनु भयो ।
प्रधानाध्यापक जोशीका अनुसार जग्गादाता तथा बयोबृद्ध तीर्थराज भट्टको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाबाट गौरीशंकर माद्यमिक बिद्यालय गैराको ब्यवस्थापन समिति अध्यक्षमा कलकबहादुर बोहरा चयन भएका छन । यसै गरि सदस्यहरुमा क्रमस जयबहादुर बोहरा, टिकेश्वरी बोहरा, शारदा मडै, सुन्दरी ऐर, लालबहादुर बिक रहेका छन । बिद्यालय व्यवस्थापन समितिमा सम्बन्धित वडामा वडाध्यक्ष पदेन सदस्य, समितिले छनौट गरेका शिक्षक प्रतिनिधी सदस्य तथा सम्बन्धित बिद्यालयका प्रधानाध्यापक सदस्य सचिब रहने व्यवस्था रहेको छ ।
यसै गरि सोही भेलाबाट प्रेमबहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक सँघ सर्वसहमती रुपमा चयन गरिएको छ ।
सँघको सदस्यहरुमा क्रमस ः खगेन्द्र बोहरा, कर्ण बोहरा, हेमा नेपाली, पबित्रा पुन, छपेश बम लगायत रहेका छन ।
शिक्षक राजन लुईटेलको सन्चालन गर्नु भएको उक्त अभिभावक भेलामा पूर्ब प्रधानाध्यापक चेतराज पनेरुले शुभकामना मन्तब्य तथा निबर्तमान बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभानसिं ओलीले आफ्नो नेतृत्वको बिद्यालय व्यवस्थापन समितिले ३ बर्षमा सम्पादन गरेका कामहरुको बारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।
उक्त अभिभावक भेलामा जोरायल गाउँपालका वार्ड न. १ का वडा अध्यक्ष जगतबहादुर मल्ल प्रमुख अतिथी, बिशिष्ट अतिथीहरुमा डडेल्धुरा आलिताल गाउपालिका वार्ड न.ं १ का वडा अध्यक्ष योगेन्द्र देउवा तथा जोरायल गाउँपालिका कार्यपालिका सदस्य ईन्द्रदेबी ओली लगायत अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको बिद्यालयले जनाएको छ ।