कबिराम डाँगी
जोरायल
जोरायल गाउँपालिकाको आयोजनामा माघ २६ गते देखि २८ गते सम्म स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
जोरायल गाउँपालिका अन्तरगतका माद्यमिक बिद्यालयको सहभागिता रहने उक्त प्रतियोगिता घण्टेश्वर माबिको खेलमैदानमा हुने जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन शाहुले जानकारी दिनु भयो ।
खेलकुद प्रशिक्षक शाहुका अनुसार प्रतियोगितामा चालु शैक्षिक शत्रमा कक्षा १२ नियमित रुपमा अध्ययनरत छात्रछात्राहरु सहभागि हुन पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा बिद्यालयलाई जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट गरिने छ ।
प्रतियोगितामा सहभागि हुने जोरायल गाउँपालिका अन्तरगतका बिद्यालयले प्रतियोगिता अबधीभर यातायात तथा खानाबस्न खर्च सम्बन्धित बिद्यालयले व्यहोर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

