
घण्टेश्वर अनलाईन
डडेल्धुरा
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नंं ११ स्थित सरस्वती माध्यमिक बिद्यालय फिन्नेकोटका बालबालिकाहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री सहितको झोला बितरण गरिएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाइना फाउन्डेसन नेपालको संयुक्त साझेदारीमा सन्चालित पाण्डा प्याक परियोजना अन्तरगत उक्त बिद्यालयमा अध्ययनरत वाल बिकास देखि कक्षा ८ सम्मका ५० छात्र र ७७ छात्रा गरि १ सय २७ जनालाई आईतबार एक कार्यक्रमका बिच स्कुल ब्याग (झोला) बितरण गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउँदले जानकारी दिनु भयो ।
कार्यकारी निर्देशक साउँदका अनुसार हरेक झोलामा २० वटा शैक्षिक सामग्री तथा अन्य स्वास्थ्य सामग्रीहरु राखिएका छन ।
शैक्षिक तथा स्वास्थ्य सामग्री सहितको झोला उपलब्ध गराएपछि बिद्यार्थीहरुको बिद्यालय छोड्ने दरमा कमी आउनुका साथै नियमित बिद्यालय उपस्थित हुने दरमा सुधार हुने अपेक्षा गरिएको छ ।
शैक्षिक तथा स्वास्थ्य सामग्री सहितको झोला बितरण कार्यक्रममा प्रदेश सभाषद सरस्वती खड्का, अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी, उप प्रमुख पार्बती झुकाल, वडा अध्यक्षहरु लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।