जनता आधारभूत बिद्यालय गोगनपानीमा नयाँ व्यवस्थापन समिति चयन

All time tax

घण्टेश्वर अनलाईन
गोगनपानी
जोरायल गाउँपालिका वडा नंं १ स्थित जनता आधारभूत बिद्यालयको लागि नयाँ व्यवस्थापन समिति चयन गरिएको छ । शुक्रवार बिद्यालयमा आयोजना गरिएको अभिभावक भेलाबाट समाजसेवी सोभान ओलीको अध्यक्षतामा नयाँ ब्यवस्थापन समिति चयन गरिएको हो । अध्यक्ष ओली बिगत लामो समय देखि समाज सेवामा सकृय रहदै आउनु भएको छ भने स्थानीय स्तरका बिभिन्न बिद्यालयहरुमा ब्यवस्थापन समितिको अध्यक्ष भई नेतृत्व गरिसक्नु भएको छ ।
समितिका अन्य सदस्यहरुमा हरिना ओली, पबित्रा बिक, ताराबहादुर बोहरा चयन भएका छन । यसैगरि पदेन सदस्यहरुमा वडा नं. १ का वडा अध्यक्ष जगतबहादुर मल्ल, देशरत्न डाँगी, लालसिं खड्का, शिक्षक प्रतिनिधी कृष्णबहादुर बोगटी र सदस्य सचिबमा प्रधानाध्यापक कृष्ण डाँगी रहनु भएको बिद्यालयले जनाएको छ ।
यस्तै सोही अभिभावक भेलाबाट तेजबहादुर खत्रीको अध्यक्षतामा शिक्षक अभिभावक सँघ पनि गठन गरिएको छ । शिक्षक अभिभावक सँघका अन्य सदस्यहरुमा क्रमस ः रघुविर भट्ट, निर्मला थापा, सिता बिक, लक्ष्मी ओली, भिमबहादुर ओली, गौरी डाँगी, महेश मल्ल, पदेन सदस्य सोभान ओली, शिक्षक प्रतिनिधि दुर्गासिंह बम र सदस्य सचिबमा प्रधानाध्यापक कृष्णबहादुर डाँगी रहनु भएको बिद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.