दिपायलमा फागुन ४ देखि १४ गतेसम्म प्रादेशिक महोत्सब आयोजना हुने

घण्टेश्वर अनलाईन
दिपायल
डोटी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा सुदूरपश्चिम प्रादेशिक महोत्सब आयोजना हुने भएको छ ।
डोटी चेम्वर अफ कमर्सको आयोजनामा आगामी फागुन ४ गतेदेखि १४ गतेसम्म दिपायलमा आयोजना गरिने सुदूरपश्चिम प्रादेशिक महोत्सवको नेपाल सरकारका उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कृषि, उद्योग, ब्यापार र पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सबको आबश्यक तयारी तिब्र रुपमा भईरहेको डोटी चेम्बर अफ कमर्र्स दिपायलका सचिब तेज डुमरेलले जानकारी दिनु भयो ।

महोत्सबका तयारीका क्रममा मञ्च व्यवस्थापन, गेट निर्माण, स्टल निर्माण, कलाकारहरुको छनौट, प्रचार प्रसार, अतिथीहरुलाई निमन्त्रणा गर्ने लगायतका कार्य धमाधम भईरहेको छ ।

महोत्सबको अन्य आकर्षणको रुपमा यस वर्षको मुख्य आकर्षक  सेती नदीमा जलयात्रा, डोटीका स्थानीय खानाका परिकार, रमाईलो मेला, छलिया, हुड्के, स्थानीय झाँकी, घरेलु उत्पादन प्रर्दशनी र विक्रि वितरण, कृषि प्रर्दशनी रहने चेम्वरका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो ।

महोत्सबको तयारीका क्रममा डोटी चेम्वर अफ कमर्सले मँगलबार जिल्ला प्रशासन कार्यालय डोटीमा सरोकारवाला निकाय सहितको सर्बपक्षिय बैठक आयोजना गरि महोत्सबको तयारीको वारेमा जानकारी गराएको छ ।
सर्ब पक्षिय बैठकमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायत सुरक्षा निकायका प्रमुखहरु, उद्योगी व्यापारीहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.