डोटीको आदर्श गाउँपालिकाले बिपन्न महिलाहरुलाई न्यानो कपडा बितरण गर्ने

गणेश मौनी
सिलगढी
डोटीको आदर्श गाउँपालिकाले आर्थिक अवस्था कमजोर रहेका गाउँ पालिका क्षेत्र भित्रका बिपन्न महिलाहरुलाई न्यानो कपडा बितरण गर्नेभएको छ । अति बिपन्न महिलाहरुलाई चिसो मौसममा राहत होस भनेर न्यानो कपडाको रुपमा कम्बल बितरण गर्न लागिएको हो ।
आर्थिक बर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममा समाबेश गरिएको “महिलासँग गाउँपालिका उपाध्यक्ष” कार्यक्रम अन्तरगत गाउँपालिका क्षेत्र भित्रका अति बिपन्न दलित तथा एकल महिलाहरुलाई न्यानो कपडा बितरण गर्न लागिएको आदर्श गाउँपालिकाले जनाएको छ ।
हाल सम्म वडा नं. १ का १ सय ५० जना, वडा नं. ३ का ४१ जना र वडा नं. ४ का ४० जना महिलाहरुलाई न्यायो कपडा (कम्बल) बितरण गरिएको छ । क्रमस ७ वटै वडाका महिलाहरुलाई कम्बल बितरण गरिने छ ।
गाउँपालिका क्षेत्र भित्रका महिलाहरुको समस्याहरु पहिचान गरि आगामी दिनमा “महिलासँग गाउँ पालिका उपाध्यक्ष कार्यक्रम” लाई थप प्रभावकारी र बिस्तार गरिने आदर्श गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.